विराटनगर । खोटाङका परिवर्तन राई प्रदेश–१ सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् ।
प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले बिहीबार राईलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
यसअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्री राईले परिवर्तनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ खुवाइएका छन् । मुख्यन्यायाधिवक्ता राईले आइतबार नै पदभार सम्हालेका हुन्।
२० वर्षदेखि कानुन व्यसायीको रुपमा काम गरिसकेका राईले एमएलसम्मको अध्ययन गरेका छन् । खोटाङको साकेला गाउँपालिका–२ स्थायी घर भएका राई नेकपा एस निकट कानुन व्यवसायी हुन्।