विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्री मण्डल विस्तार गर्ने भएका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज दिउँसो ४ बजे शपथ हुने तय भइसकेको छ ।
१ राज्यमन्त्रीसहित ५ जना मन्त्री बनाउने तयारी मुख्यमन्त्री कार्कीको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार (स्वास्थ्य), रामकुमार खत्री (कृषि उद्योग तथा सहकारी ) र इन्दिरा थापा (स्वास्थ्य राज्यमन्त्री) बन्ने छन् ।तीनै जना कांग्रेसका हुन् ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की ( सामाजिक र नारायण बुर्जा मगरलाई खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्री बनाउने तयारी छ ।
राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित बनेपछि दुई मन्त्री बनाउन मुख्यमन्त्री सहमत भएका हुन् ।
हाल प्रदेश सरकारमा कांग्रेसबाट शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।