देशभर आज १८१ जनामा कोरोना पुष्टि

न्युजलय ५ पुस २०७८, सोमबार १२:४८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ८७२ जनाको कोरोना भाइरस परीक्षण गर्दा १८१ जनामा संक्रमण देखिएको छ। यस्तै, २८९ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ पुगेको छ।  


आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ११ हजार ५७३ पुगेको छ।


यस्तै, ९७ हजार २६ जनाले एकैदिन कोभिड १९ विरुद्धको खोप लगाएका छन्।