महेश र अस्मिताले दुबईमा गरे इन्गेजमेन्ट

न्युजलय ५ असार २०८१, बुधबार १२:५२ मा प्रकाशित

काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । उनीहरूले दुबईको बुर्ज खलिफा अगाडि पुगेर इन्गेजमेन्ट गरेका हुन् ।

काफ्लेले सामाजिक सञ्जालमार्फत् अस्मितासँगका तस्वीरहरू राख्दै इन्गेजमेन्ट गरेको जानकारी दिएका छन् ।

उनीहरू केही वर्षयता प्रेमसम्बन्धमा थिए । साथै, धेरै गीत तथा भिडिओमा उनीहरूले सहकार्य गरेका छन् ।