पूर्वआइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्ने

न्युजलय ६ असोज २०७९, बिहिबार ०१:३४ मा प्रकाशित

काठमाडौं । नेकपाको सरकारका बेला प्रहरी नेतृत्व सम्हालेका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् ।


खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन् ।


बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएको स्रोतले बताएको छ ।


बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ।