यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय ३० भदौ २०७९, बिहिबार ०२:२४ मा प्रकाशित

काठमाडौं । देशभरको मौसम आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 


बिहीबार दिउँसो लुम्बिनी, गण्डकी र सुदूपश्चिम प्रदेशमा भारी वर्षा सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 


देशका अन्य पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 


राति प्रदेश १, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । यी स्थानमा बग्ने नदीमा बाढी आउनुका साथै पहिरोको पनि जोमिख रहेकोले सचेत रहन आग्रह गरिएको छ ।