एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

न्युजलय ३१ पुस २०७८, शनिवार ०९:०७ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनले शनिबार(आज) सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेशनको यात्रा आरम्भ भयो,’ पौडेलले ट्वीटरमा लेखेका छन् ।

शुक्रबार मात्रै एमाले महासचिव शंकर पोखरेललाई पनि संक्रमण पुष्टि भएको थियो भने शुक्रबारै कांग्रेस नेता प्रकासशरण महतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला यसपटक राजनीतिक दलका शीर्ष नेताहरू नै धमाधम संक्रमित भइरहेका छन् ।