विमानस्थलबाट आधा किलो सुनसहित एक भारतीय नागरिक पक्राउ

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०४:२० मा प्रकाशित

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको उत्तर प्रदेशका ४२ वर्षीय मोहम्मद जुवेद पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।  दुबईबाट मंगलबार बिहान आएका उनले मलद्वारमा लुकाएर सुन ल्याएका थिए।

उनीसँग थप सुन भएको आशंकामा अहिले काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्न लगिएको जनाइएको छ ।