बेलायतमा रंगशाला प्रवेशका लागि भ्याक्सिन कार्ड अनिवार्य

न्युजलय २२ मङ्सिर २०७८, बुधबार ०८:४० मा प्रकाशित

काठमाडौं । प्रिमियर लिगमा अबबाट खेल हेर्नका लागि समर्थकले अनिवार्य कोभिडको भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने नियम बेलायत सरकारले बनाएको छ । 


बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोभिडको नयाँ भेरियन्टका कारण प्लान बी लागु गर्नुपर्ने भएको र त्यसका लागि फुटबल हेर्न जाने दर्शकले अनिवार्य कोभिड भ्याक्सिनको प्रमाणपत्र देखाउनुपर्ने बताएका छन् । 


ओमीक्रोमका कारण यतिबेला युरोपमा ठूलो त्रास फैलिएको छ । जसका कारण दैनिक संक्रमणदर पनि बढेको छ । प्रिमियर लिगले पनि सबै २० क्लवलाई भ्याक्सिनको कार्ड देखाएरमात्र समर्थक रंगशाला प्रवेश गराउन निर्देशन दिइसकेको छ । 


बेलायत सरकारले बनाएको नयाँ नियम प्रिमियर लिगमा मात्र नभएर सब खेलकुद गतिविधिका लागि रहेको छ ।