काठमाडौं । चार दिन काठमाडौं पुगेदेखि नै धरानका मेयर हर्क साम्पाङ काठमाडौंका मेयर बालेन्द्र साहविरुद्ध सामाजिक सञ्जालमा खनिएका छन् ।
फोहोर व्यवस्थापन गर्न असक्षम भएको भन्दै निरन्तर स्टाटस लेखिरहेका उनी अहिले बालेनलाई गाली गरिरहेका छन् । तर त्यसरी गाली गर्नुपर्ने कारण देखिँदैन ।
युट्युबरसँगको कुराकानीका क्रममा उनले धरानमा भन्दा आफ्ना समर्थक काठमाडौंमा रहेको जस्तो लागेको बताए । उनले आफूलाई तारासँग तुलना गर्दै भने, ‘बत्ती र स्टारमा के फरक छ भन्नुस् त ? स्टार टाढा हुने भएकाले त्यसको महत्व धेरै हुन्छ ।’
युट्युबरले बालेनले त मेरो लौरो चुनाव चिन्ह लिएर जितेको जस्तो कुरा गर्नुभएको छ नि भनेर सोधेको प्रश्नमा साम्पाङले बालेनको आलोचना गरेका हुन् । उनले बालेन साहले संघर्ष नगरेको र हावामा र्याप गाएर आको मान्छे भएको बताएका छन् । ‘
‘उहाँको फाल्टै लोकप्रियता थियो, उहाँले जित्नुभयो । मेरो फाल्टै लोकप्रियता थियो, मैले जितें । जोडेर हेर्नुपर्ने आवश्यकता छैन । एउटा म्यासेज गरेको छैन उहाँ र मैले । एउटै हो कि भन्ने भ्रम यसपालि प्रस्ट भयो होइन ?’
उनले बालेन आफूलाई सामाजिक नलागेको पनि बताए । केके–केके लेख्नुहुन्छ, श्रमदान गर्नुपर्यो भनेको ५ केजी खोइ के–के भनिराख्नुभाथ्यो । एउटा चै काम गरेर देखाउनु नि ।’
हिँड्दाहिँड्दै फेरी बालेनलाई गाली गर्दै एक्लै भुत्भुताउँछन्, ‘के गर्या छ त ? फोहोर सोहोरेर देखाए हुन्थ्यो नि । मैले यहाँ ६ लाख विरुवा रोपिसकेँ । यहाँ फोहोर पनि छैन, छ भने देखाउनु, ५ मिनेटमा उठाउँछु ।’
उनले सामाजिक सञ्जालमा पनि बालेनविरुद्ध पोस्ट गर्ने क्रम रोकेका छैनन् । साथै धरानमा पनि फोहोर व्यवस्थापनमा कुनै समस्या नरहेको र जंगल बिचको ल्याण्डफिल्ड साइडमा व्यवस्थापन भइरहेको बताएका छन् ।
तर जंगलभित्र फाल्दा र जलाउन नपाइने कानुन छ भने अर्कोतिर वन्यजन्तु लोप हुनुका साथै वरपर गाउँका मानिसहरु लामो समयदेखि स्वास्थ्य समस्या भोगिरहेका छन् ।