काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण देखिएको छ। नगरपालिकाको वडा–९ आरूबारीमा रहेको गुम्बाद्वारा सञ्चालित बौद्ध विद्यालयका चार विद्यार्थीमा दादुरा पुष्टि भएको हो ।
नगरपालिकाका स्वास्थ्य संयोजकका अनुसार पाँच जना बालबालिकाको रगत नुमना लिइएकोमा चार जनामा संक्रमण पुष्टि भएको छ ।
सबै संक्रमित बालबालिकाको अवस्था सामान्य छ । उक्त विद्यालयका १५–१६ जना बालबालिकामा लक्षण देखिएको बताइएको छ ।
होस्टेलसहितको विद्यालयमा कर्मचारी र विद्यार्थी गरी ५६० जना छन् । संक्रमण पुष्टि भएका बालबालिका १५ बर्ष मुनिका छन्।
कसरी दादुराको संक्रमण फैलियो भन्ने बिषयमा अनुसन्धान भइरहेको बताइएको छ ।
‘