दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ जनाको मृत्यु

न्युजलय १८ चैत २०७८, शुक्रबार १२:०० मा प्रकाशित

काठमाण्डौ । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान दुर्घटना भएको छ । 

जहाज देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको हो ।

जहाज दुर्घटनामा ३ जनाको मृत्यु भएको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी रहेको जनाइएको छ ।