एजेन्सी । पाकिस्तानका संसद भंग गरिएको छ । प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई स्वीकार गर्दै राष्ट्रपति डा. आरिफ अल्वीले राष्ट्रपतिलाई संसद भंग गर्न सिफारिस गरेका थिए । अब पाकिस्तानमा आगामी ९० दिनभित्र आम निर्वाचन हुने भएको छ । तबसम्म इमरान कार्यवाहक प्रधानमन्त्री रहनेछन् ।
आइतवार विपक्षी दलको अविश्वास प्रस्तावमा मतदान हुने भएपछि संसद भंग गरिएको हो ।