प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

न्युजलय २८ मङ्सिर २०७८, मङ्गलबार ०९:५५ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । 

ज्ञवालीले आफूलाई सामान्य लक्षण देखिएको भन्दै सम्पर्कमा आएकाहरूलाई लक्षण देखिनासाथ परीक्षण गराउन आग्रह गरेका छन् । 

‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४–५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । ’