हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

न्युजलय २८ असार २०८०, बिहिबार ०६:५० मा प्रकाशित

हुम्ला । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।