सर्वोच्चले रोकेको निजगढ निर्माणको प्रक्रिया फेरी सुरु

न्युजलय ३ मङ्सिर २०८०, आइतबार ०१:४० मा प्रकाशित

काठमाडौ । सरकारले निजगढ विमानस्थल निर्माण प्रक्रिया फेरी सुरु गरेको छ । 

सर्वोच्च अदालतले विमानस्थल निर्माण प्रक्रिया रोक्न निर्देशन दिएपछि सरकारले विज्ञ समूह गठन गरेको थियो । 


समुहले दिएको सुझावका आधारमा सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तयारी गरेको हो । यसअघि ऋण लिएर बनाएका विमानस्थल नचलिरहेका बेलामा फेरि खर्बौं रूपैयाँ लाग्ने अर्को विमानस्थल निर्माण प्रक्रिया सुरु गरिएपछि राजनीतिक दलहरुबिच आर्थिक लाभको चर्चा चुलिएको छ ।

सरकारले आर्थिक वर्ष २०७०/७१ देखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ, बारालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारेको छ ।