जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधि

न्युजलय ६ पुस २०८१, शनिवार ०५:०१ मा प्रकाशित

काठमाडौं । जनकपुर बोल्टसले पहिलो नेपाल प्रिमियर लिगको उपाधी जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर लक्ष्य भेटाउँदै उपाधी हासिल गरेको हो ।


प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख र चौथो हुनेले रु १५ लाख प्राप्त गर्ने छ ।


जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान गरे । उनी शतकबाट चुके तर, टोलीका लागि निकै महत्वपूर्ण खेले । ४९ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर एवं कप्तान आशिफ शेखले १९ बलमा ३३ रन प्रहार गर्दा हर्ष ठाकर ३० रनमा अविजित रहे ।


सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्गेलेइन, सेफ अलि जेब र इशान पाण्डेले समान १ विकेट लिए ।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।


सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।


सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिगमा कार जितेका छन्। प्रतियोगिताका ९ खेलमा २२७ रन बनाएका उनले ९ विकेट लिए । 


सारडा समूहले एनपीएलकै उत्कृष्ट हुने नेपाली खेलाडीलाई ओमोडा ई५ कार दिने घोषणा गरेको थियो। उक्त कार दीपेन्द्रले पाउने भएका हुन्। 


जनकपुर बोल्ट्सका लाहिरु मिलान्था उच्च स्कोरर बनेका छन् । उनले २ सय ७५ रन बनाए ।

 

जनकपुर बोल्ट्सकै ललित राजवंशी र सुदूरपश्चिमका स्कट कुग्लेन समान १७ विकेटसहित एनपीएलको पहिलो सिजनमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । 


उपविजेता टोली सुदूरपश्चिम रोयल्सका सैफ जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् । जैबले अवार्डसँगै ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।