एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा चयन

न्युजलय २५ पुस २०७८, आइतबार ०८:०१ मा प्रकाशित

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको जिल्ला अधिवेशनबाट तेजमान कन्दङवा सर्वसहमत अध्यक्षमा चयन भएका छन्। गत शुक्रबारदेखि सुरू भएको अधिवेशनले आइतबार नयाँ नेतृत्व सर्वसहमत चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुङ्गाना चयन भएका छन्। यस्तै, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन्। अधिवेशनबाट जिल्ला पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन भएको एमाले तेह्रथुमले जनाएको छ। 

जिल्लाको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको एमालेले जिल्ला कमिटी पनि सर्वसहमत चयन गरेको छ।