प्रचण्ड शे फोक्सुन्डो ताल घुम्दै

न्युजलय २५ कार्तिक २०७८, बिहिबार ०९:१२ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डोल्पा पुगेका छन्। 

 

उनी बुधबार अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेतसँग डोल्पा पुगेका हुन्।


डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष लगायत वडाध्यक्षहरू माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रमका लागि उनीहरू त्यहाँ पुगेको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।  


गाउँपालिका अध्यक्षसहित वडाध्यक्ष माओवादी प्रवेश गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएकी छन्। उनीहरू नेकपा एमालेबाट निर्वाचित भएका थिए। अहिले सो गाउँपालिकाका सबै जना माओवादी केन्द्रमा प्रवेश गरेको उनले जानकारी दिइन्। 


कार्यक्रमपछि प्रचण्ड, शर्मा र बस्नेत लगायतले विभिन्न ठाउँको अवलोकन गरेका छन्। उनीहरूले शे फोक्सुन्डो तालमा फोटो समेत खिचाएका छन्।