बढ्यो सुनको मूल्य

न्युजलय ११ कार्तिक २०८१, आइतबार ११:३९ मा प्रकाशित

काठमाडौँ । आइतबार(आज) सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसअघि कात्तिक ७ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । त्यसदिन छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर २ हजार ८५ रुपैयाँ कायम भएको छ ।