देउवाका छोरा जयवीर र कभर गायिका शिवानाले गरे इन्गेजमेन्ट

न्युजलय १९ जेठ २०८०, शुक्रबार ०९:२१ मा प्रकाशित

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग औपचारिक रुपमा इन्गेजमेन्ट गरेका छन् । बिहीबार बेलुका आयोजित समारोहमा दुवै पक्षका परिवार र आफन्त उपस्थित थिए ।

इन्गेजमेन्ट समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए । दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशीर्वाद दिएका छन् । 

जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । आगामी भदौमा उनीहरुले विवाह गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

जयवीरले आफ्नै व्यवसाय चलाइरहेका छन् भने शिवानीले अनलाइनमार्फत सौन्दर्य प्रसाधनको व्यवसाय गर्छिन् । उनी कभर गायिका समेत हुन् । उनले आफ्नै युट्युब च्यानलमार्फत गीतहरु सार्वजनिक गरिरहेकी छन् ।