चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु

न्युजलय ३० भदौ २०७९, बिहिबार ०८:४५ मा प्रकाशित

 चितवन ।  चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी छिन् । उपचार गरेर घर फर्किए पछि उनको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका  अनुसार हालसम्म जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका नौ जनामध्ये एक जनाको मृत्यु भएको हो ।

मृतक भदौ ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर आएकी थिइन् । जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको र २२ जना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

कार्यालयका अनुसार पुष्टि भएकामध्ये माडीकै अर्का एक ७५ वर्षीया महिला सम्पर्कमा नआएकाले उनको खोजी भइरहेको छ ।