काठमाडौं । पूर्व माओवादी केन्द्रका नेता डा. बाबुराम भट्टराई अहिले पुरानै माओवादी केन्द्रमा फर्किएका छन् । सात वर्षअघि माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति पार्टी बनाएका बाबुराम अहिले फेरी माओवादी फर्केका हुन् । हुन त उनले माओवादीमा प्रवेश गरेको बताएका छैनन्, तर माओवादीकै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएपछि उनी घुमाउरो तरिकाले माओवादी प्रवेश गरेको विश्लेषण गरिएको छ ।
राजनीतिक जीवनमा बाबुरामले नेपाल समाजवादी पार्टीसहित नौ पटक फरक नामका पार्टीमा रहेको अनुभव बटुलिसकेका छन् । जसमा मसाल, नेकपा विद्रोही मसाल, एकता केन्द्र, माओवादी, एकीकृत माओवादी, नयाँ शक्ति, संघीय समाजवादी, जनता समाजवादी र नेपाल समाजवादी हुँदै फेरी माओवादी छिरेका हुन् ।