आज भारत जाँदै प्रचण्ड

न्युजलय ३१ असार २०७९, शुक्रबार १२:५० मा प्रकाशित

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जान लागेका छन्। उत्तरी चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ लियानचाओ चार दिने भ्रमण सकेर भर्खरै फर्किइसकेका छन् । सोलगतै हुने प्रचण्डको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। शुक्रबार दिउँसो करिब १ बजेतिर प्रचण्ड भारत प्रस्थान गर्ने कार्यक्रम छ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणमा भारत जान लागेका प्रचण्ड १ साउन आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।