रुसले आक्रमण गरेको पहिलो दिन १३७ युक्रेनीको मृत्यु

न्युजलय १३ फाल्गुण २०७८, शुक्रबार ०७:३६ मा प्रकाशित

काठमाडौँ । रुसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिन १ सय ३७ जनाको मृत्यु भएको छ । 


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सले आक्रमणको पहिलो दिन १ सय ३७ को मृत्यु भएको बताएका हुन् ।


यसमा सैनिक र स्थानीय नागरिक दुवै रहेका छन् । राष्ट्रपति जेलेन्सकी आम रूपमा सेना परिचालनको आदेशसमेत दिएका छन्। 


युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ।