पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

न्युजलय २८ चैत २०७८, सोमबार १२:५२ मा प्रकाशित

काठमाडौँ । स्थानीय र पश्चिमी वायुको प्रभाव देशभर सामान्य परेको छ।


जसका कारण आज पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाकाअनुसार सोमबार बिहान पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ।


दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।


राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसम सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुनेछ।