काठमाडौँ । मुग्लिननजिक पहाडमाथिबाट लगातार ढुंगा खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुलनजिक खसेको पहिरोका कारण यातायातका साधन रोकिँदा सयौँ यात्रु अलपत्र छन् । यहाँ बुधबार रातिदेखि नै ढुंगा खसेर पटकपटक यातायात अवरूद्ध भएको थियो ।
बिहीबार दिउँसो पहाड माथिबाट पुनः ढुंगा खस्न सुरू भएपछि दुवैतर्फबाट बाटो बन्द भएको हो ।
अग्लो ठाउँबाट ढुंगा र गेग्रान लगातार झरेका कारण बाटोको अवरोध हटाउन मुस्किल भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।