मनमोहनमा ब्याचलर अफ फार्मेसीको कक्षा सुरु

न्युजलय ८ असार २०८०, शुक्रबार ०६:४५ मा प्रकाशित

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले मेडिकल र स्वास्थ्यतर्फ औषधी विज्ञानमा स्नातक तहको पठनपाठन सुरु गराएको छ ।

दुई बर्ष अघिदेखी नै ईन्जिनियरिङ विषयमा पठनपाठन सुरु गरेको मनमोहनले चालु शैक्षिक सत्रदेखी औषधी बिज्ञानतर्फको स्नातक तह  ‘बि—फार्मेसी’  (ब्याचलर अफ फार्मेसी) को पठनपाठन सुरु गराएको हो ।

स्कुल अफ मेडिसिन एण्ड एलाईड हेल्थ विभागले ‘बि—फार्मेसी’ पढनका लागि भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गरेर यही असारदेखी नियमित कक्षा पनि सुरु गराइसकेको मनमानेहन प्राविधिक विश्वबिद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले बताए । 

उनका अनुसार चार बर्षे स्नातक तहको बि फार्मेसी कोर्ष पढन मोरङ , सुनसरी , पर्सा , सप्तरी लगायतका जिल्लाबाट बिद्यार्थीहरु भर्ना भएका छन ।

विभागिय प्रमुख शाही बिजय रिजालका अनुसार चार बर्षे ‘बि—फार्मेसी ’ कोर्ष कुल ८ सेमेष्टमा पढाई हुनेछ । कोर्षमा सैद्धान्तिक भन्दा बढि अनुसन्धान सहितको प्रयोगात्मक कक्षामा जोड दिइएको छ ।

विश्वविद्यालयका बोर्ड सदस्य सत्यनारायण चौधरीले मेडिसिन एण्ड हेल्थ साईन्सका लागि ४० जना बिद्यार्थी पठनपाठन गराउनका लागि अनुमति मागेपनि मेडिकल काउन्सिलले १० जना मात्र बिद्यार्थी पठनपाठन गराउन अनुमति दिएको बताए ।