राजविराज । सप्तरीमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार ७५ जनामा गरिएको पीसीआर परीक्षणको मंगलबार आएको रिपोर्टमा ६५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
६५ जनामा प्रहरी अत्यधिक छन् । यो ६५ समेत जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ५ पुगेको छ ।
राजविराजस्थित सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश र कर्मचारीहरूमा पनि कोरोना संक्रमण संख्या बढ्दै गएको छ ।
त्यस्तै सोमबार राति सप्तरीमा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।