ट्याक्टरले च्यापेर रामधुनीका एक युवकको मृत्यु

न्युजलय ८ मङ्सिर २०८०, शुक्रबार ११:०६ मा प्रकाशित

इटहरी । ट्याक्टरले च्यापेर सुनसरीको रामधुनी नगरपालिकाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी–१ का २६ वर्षीय विवेक चौधरी रहेका छन् ।

बिहीबार धरान –५ देउराली स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ६३२५ नम्बरको ईट्टा लोड भएको ट्याक्टरको अगाडिको भाग अचानक पल्टिदाँ ट्याक्टरले च्यापेको थियो ।

ट्याक्टरले च्यापेर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतक चौधरी ट्याक्टर चालक हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।