उदयपुर । भारतमा कोरानाको नयाँ भेरियन्ट ओमिक्रोनबाट एकजना बिरामीको मृत्यु भएको छ।
राजस्थानको उदयपुरमा एक ७५ वर्षका बिरामीको ओमिक्रोनबाट शुक्रबार(आज) मृत्यु भएको हो।
मृतकले कोरोनाविरुद्धको दुवै खोप लगाएको जनाएको छ। यसअघि महाराष्ट्रमा ओमिक्रोनबाट एकजनाको मृत्यु भएको थियो।
योसँगै भारतमा ओमिक्रोनाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। स्वास्थ्यमा गम्भी समस्या देखिएपछि ती बिरामीलाई १५ डिसेम्बरमा अस्पताल भर्ना गरिएको थियो।