मालदिभ्समा बढ्दै छ ‘इन्डिया आउट’ अभियान

न्युजलय ७ पुस २०७८, बुधबार ०२:३२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय मालदिभ्समा भारतविरोधी आन्दोलनलाई तीव्र पारिएको छ । पूर्वराष्ट्रपति अब्दुल्लाह यामिनले भारतविरोधी अभियानको नेतृत्व गरिरहेका छन् ।

मालदिभ्समा भारतको उपस्थिति अन्त्य हुनुपर्ने उनको माग छ । आन्दोलन यति तीव्र रूपमा अघि बढिरहेको छ कि त्यहाँको सरकारले नै पछिल्ला घटनाक्रमले चिन्तित भएको जनाएको छ । 

डिसेम्बर १९ मा मालदिभ्सको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर भारतविरुद्ध फैलाइएको घृणा र झूटलाई लिएर चिन्तित भएको जनाएको थियो ।

विदेश मन्त्रालयले भारत मालदिभ्सको नजिकको साझेदार मुलुक रहेको उल्लेख गर्दै केही नेता सानो समूहले ‘प्रोपोगान्डा’ फैलाएको बताएको थियो ।

मालदिभ्समा विपक्षी दलको नेतृत्वमा ‘इन्डिया आउट’ अभियानलाई तीव्रता दिइएको हो । 

भारतमा मुस्लिम समुदायप्रति गरिने कुनै पनि नकारात्मक व्यवहारले मालदिभ्स पनि प्रभावित हुने बताइन्छ । मालदिभ्स सुन्नीबहुल देश हो ।