माओवादी केन्द्र प्रदेश १ को कोषाध्यक्षमा मदन चुडालको दाबी

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०७:१९ मा प्रकाशित

इटहरी । नेकपा माओवादी केन्द्रको प्रदेश १ को सम्मेलनले सदस्यको निर्वाचन सकेर पदाधिकारी टुङ्ग्याउनको लागी छलफल सुरु भएको छ ।

यसै क्रममा यति बेला कोषाध्यक्ष पदको चर्चा बढिरहेको छ । अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष प्रदेश १ का युवा नेता मदन चुडालले कोषाध्यक्षमा दाबी गरे सँगै उनी चर्चामा आउन थालेका हुन ।

चुडाल युवा विद्यार्थी माझ लोकप्रिय भएका कारण यति बेला उनी निकै चर्चामा रहेका छन् । चुडालले पाटीमा योगदान गर्न र पदको मर्यादा बचाउन आफ्नोकोषाध्यक्षमा दाबी रहेको बताएका छन् । 

पदाधिकारीमा रहेर माओवादीको सङ्गठनात्मक गतिलाई प्रभावकारी बनाउने रणनीतिमा चुडाल रहेका छन्। उनी लामो समयदेखि पाटीको मूलधारमा कटिबद्ध भएर खटिएका युवा नेता हुन्।


‘