प्रकाशपुर । ग्रामिण पत्रकार समूह बराक्षेत्रले स्थानीय निर्वाचनमा पत्रकारको भूमिका बिषयक छलफल सम्पन्न गरेको छ ।
शनिवार चक्रघटी पारालिगल भवनमा भएको छलफलका प्रमूख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य भिसन राईले स्थानीय चुनावमा पत्रकारको भुमिका जनतालाई सही सूचना दिनु हो र, पत्रकारले आचरसंहिता पालना गर्नु पर्नेमा जोड दिए ।
राईले भने, ‘पत्रकार कुनै पाटीको कार्यकर्ता हुन सक्दैन । नेता हुन मन भए पत्रकारीतामा राजीनामा दिएर राजनीति गर्न सकिने उनले बताए । राजाीति र पत्रकारीता दुबै क्षेत्रमा लागेकाले नै पत्रकारहरुमा विभिन्न समस्या आउने गरेको छ ।’
ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्कीको अध्यक्षतामा भएको छलफमा स्थानीय राजनीति दलका नेताहरु, महेन्द्रनगर इलाका प्रहरी कार्यलय प्रमुख, बराक्षेत्र निर्वाचन कार्यलयका कर्मचारी र स्थानीय पत्रकार सहित सरोकारवाला हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कमला थापा, तुलसी श्रेष्ठ, प्रेस सेन्टरका अच्चुक्त भट्टराई लगायतले पत्रकारले आफनो भुमिका निष्पक्षय रुपमा निभाउनु पर्ने बताएका थिए ।