एक लाख जना म्यादी प्रहरी भर्ना हुने, यस्तो छ तलब र सेवा सुविधा

न्युजलय १७ फाल्गुण २०७८, मङ्गलबार ०७:१४ मा प्रकाशित

काठमाडौ । यस पटक पनि स्थानीय चुनावको सुरक्षाका लागि म्यादी प्रहरी पनि राखिने भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्रै अपुग हुने भएपछि म्यादी प्रहरी राख्ने तयारी गरिएको हो ।

एक लाखभन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । म्यादी प्रहरीले २४ हजार तलब पाउँछन् भने पोशाक भत्ता पाँच हजार र खाजा सुविधा पाउने गृह मन्त्रालय स्रोतले जनाएको छ । म्यादी प्रहरीलाई जवान सरह सेवा, सुविधा दिने तयारी छ ।

म्यादी प्रहरी छनौट गरेपछि करिब १० दिन प्रशिक्षण दिने तयारी छ । ०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने तयारीस्वरुप म्यादी प्रहरी भर्ना लिने तयारी गरिएको हो । स्थानीय चुनावमा भाग लिन ८० दलले दर्ता निवेदन दिइसकेका छन् ।