बढ्यो सुनको मूल्य

न्युजलय १४ मङ्सिर २०७९, बुधबार ०५:५२ मा प्रकाशित

काठमाडौं । बुधबार(आज) सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।

छापावाल सुनको मूल्य दुई सयले बढेर प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्‍य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२ सय ९० कायम गरिएको छ।