धरानका मेयरको विरोधमा सुनसरीका पत्रकारले निकाले मौन जुलस

न्युजलय २४ मङ्सिर २०८१, सोमबार ०७:३९ मा प्रकाशित

इटहरी । सुनसरीका पत्रकारहरूले धरानका प्रमुख हर्कराज साम्पाङलाई कारवाहीको माग गर्दै  मौन जुलुस निकालेका छन् ।

समाचारको बिषयलाई लिएर पछिल्लो समय मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिएपछि धरानमा मौन जुलुस निकालिएको हो । मेयरका कारण सुनसरीका पत्रकारहरू असुरक्षित रहेको भन्दै उनीहरूले जुलुस निकालेका हुन् ।

मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र गोपाल दाहाललाई सार्वजनिक रूपमा धम्कीसँगै, गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेर कारबाही माग गरेपछि सुनसरीका पत्रकार आक्रोशित भएका हुन् ।

पत्रकार महासंघको नेतृत्वमा भानुचोकबाट निस्किएको जुलुस कलेज रोड, छाता चोक हुँदै धरान उपमहानगरपालिकाको मुख्य गटमा पुगेर साम्पाङका अराजक गतिविधि नियन्त्रण गर्न माग गरिएको थियो ।