विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय व्यवस्था पुनर्विचार हुनु पर्ने बताएका छन् ।
अहिलेको संसदीय व्यवस्थाको कारण कोशी प्रदेश सरकारले बहुमत पाउन नसकेको बताएका हुन् ।
कोशी प्रदेश सरकार दुई दुई पटक असंवैधानिक हुनुको कारण गठबन्धनको निर्णय भन्दा पनि दलले बहुमत नपाएको अवस्थामा यस्ता घटना हुनु स्वाभाविक भएको यादवको प्रतिक्रिया छ ।
यादव समाजवादी मोर्चाले विराटनगरमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन आएका हुन् । यादवले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली काङ्ग्रेससँग छलफल गरेर नै समाजवादी मोर्चा बनेको बताए ।