काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले केपी शर्मा ओलीसँग अध्यक्षका लागि भिड्ने घोषणा गरेका हुन् ।
आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत् घोषणा गर्दै उनले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई आफुलाई सहयोग र समर्थन गर्न आग्रह गरेका छन् । उनले पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन आफूलाई मतदान गर्न आग्रह गरे ।
रावलले आफू एक्लै चुनाव लड्ने र आफ्नो कुनै प्यानल नरहेको बताएका हुन् ।
जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको अधिकार दिएको भन्दै रावलले उम्मेदवारी घोषणामा कसैले रोक्न नसक्ने पनि धारणा राखे ।
मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनमा हुँने महाधिवेशनको अहिले तयारी तीब्र बनाएको छ ।