सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत

न्युजलय १० फाल्गुण २०७८, मङ्गलबार ०८:१७ मा प्रकाशित

इटहरी । सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार पक्राउ गरेको छ । 

 

अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।