सुनको मूल्यमा नयाँ कीर्तिमान

न्युजलय १० माघ २०७९, मङ्गलबार ०५:०२ मा प्रकाशित

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । 

मंगलबार (आज) छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार ८०० कायम छ ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा १३ सय ६५ रुपैयाँ छ । हिजो १३ सय ८० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।