लेटाङकी करुणाको हत्या आरोपमा गिरी पक्राउ

न्युजलय १४ फाल्गुण २०७८, शनिवार ०५:५५ मा प्रकाशित

मोरङ । मोरङको लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी ११ वर्षिया करुणा राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सोही ठाउँका ६३ वर्षिय दिपक गिरी पक्राउ परेका हुन् । गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलत्कार गरेपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

बलत्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेको प्रहरीले जनाएको छ ।  अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको प्रहरीले बताएको छ । थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृत्यु भएको थियो ।

श्रीमतिको मृत्यु भएपछि उनी एक्लै बस्दै आएका थिए ।पक्राउ परेका गिरीले बालिका हत्या गरेको स्थान उनको घरदेखि एक किलोमिटर उत्तरमा पर्दछ ।स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार विहान लेटाङ ८ जाँते लालझोडामा रहेको लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र शव फेला परेको हो ।

मृतकको शव नाङ्गो अवस्थामा भेटिएको थियो ।