सुनको मूल्यमा सामान्य गिरावट

न्युजलय ९ फाल्गुण २०७९, मङ्गलबार ०४:३७ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन मंगलबार १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ। 

सोमबार तोलामा १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।