एमाले इटहरी चुनावी अभियानमा, निर्वाचन परिचालन समिति घोषणा

न्युजलय २७ चैत २०७८, आइतबार ०२:४३ मा प्रकाशित

इटहरी । नेकपा एमाले इटहरी चुनावी अभियानमा उत्रिएको छ । नेकपा एमाले इटहरीका अध्यक्ष याम सुब्बाले आज एक कार्यक्रमका बिच २०२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेका छन् । 


एमाले केन्द्रीय सदस्य तैयव हुसेनको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । समितिको सह संयोजकहरुमा राम प्रसाद चौलागाई, हिमाल सुवेदी, प्रमोद शेर्पा र रोहित कार्की रहेका छन् । यस्तै, सचिवमा रुपेश बस्नेत रहेका छन् । एमाले केन्द्रीय सदस्य तैयव हुसेनले अघिल्लो निर्वाचनको शाखलाई अझ उचो बनाउने गरि नेकपा एमाले इटहरी चुनावी मैदानमा उत्रिएको बताए । 


केन्द्रीय सदस्य इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकामा पाँच वर्षमा भएका मुख्य मुख्य कार्यहरुको बारेमा जानकारी गराइन् । कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवाले गत निर्वाचनमा पाँच वटा वडामा सवै सदस्य जित्दा पनि वडाध्यक्ष हार्नुपरेको स्मरण गराउदै यसपटक त्यस्तो हुन नहुनेमा जोड दिए । नगरअध्यक्ष याम सुब्बाले कञ्चनजंघा जस्तो दर्विलो छाती बनाएर एमाले इटहरी चुनावी मैदानमा उत्रिएको बताए ।