बाँकेमा बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु

न्युजलय ७ फाल्गुण २०७८, शनिवार ०५:०० मा प्रकाशित

बाँके । बाँकेमा जंगल गएका एक वृद्धको बाघले आक्रमण गर्दा मृत्यु भएको छ।

प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार(आज) बिहान मृत्यु भएको हो।

चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए। उनलाई आज बिहान बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

चलाउनेलाई बाघले घिसारेर लगेको थियो। उनको शव १० बजेतिर फेला परेको थियो।