काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जथाभावी नलेख्न र प्रकाशन नगर्न आग्रह गरेको छ ।
साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै सामाजिक सद्भाव भड्काउने, राष्ट्रिय अखण्डतामा खलल पार्ने, शान्ति सुरक्षा भंग गर्नेजस्ता विषय सामाजिक सञ्जालमा प्रकाशनरप्रसारण गरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको हो ।