इटहरी उपमहानगरको ‘उद्घाटन लहर’

शंकर खत्री १५ फाल्गुण २०७८, आइतबार ०७:४३ मा प्रकाशित

इटहरी । गत वर्ष यहि समयमा इटहरी उपमहानगरले इटहरीका विभिन्न वडामा स्वास्थ्य इकाई भवन बनाउने भन्दै सिलन्यासको लहर चलाएको थियो । 

वडा नम्बर ३ को स्वास्थ्य इकाई भवनको सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर द्वारिकलाल चौधरीले आगामी वर्ष अर्थात् २०७८ को अन्त्यसम्मा ‘उद्घाटनको लहर’ चलाउँछौँ भनेका थिए । 

उप मेयर लक्ष्मी गौतमले पनि कार्याकालको अन्त्यसम्ममा इटहरीमा उद्घाटनको लहर चालउने भनेकि थिइन् । उनिहरुले त्यो बेला स्वास्थ्य इकाई भवन मात्रै नभएर उपमहानगरका अन्य संरचना र सडकको पनि उद्घाटनलाई तिब्रता दिने बताएका थिए । 

अहिले उपमहानगरले उद्घाटनको लहर नै चालएको छ । शुक्रबार वडा नम्बर १८, १९ र २० मा नवर्निमित भवनको उद्घाटन गरेको उपमहानगरले शनिबार वडा नम्बर १०, ११ र १३ को स्वास्थ्य इकाई भवनको उद्घाटन गरेको छ । यसरी नै नवनिर्मित १४ वटै वडाका स्वास्थ्य इकाई भवनको उद्घाटन गरिने गरिने छ । 

‘जाने वर्ष हामीले उद्घाटनको लहर चलाउँछौँ भनेका थियौँ’, उमेयर गौतमले भनिन्, ‘शनिबार हामीले ३ वटा स्वास्थ्य इकाई भवनहरु उद्घाटन गरेका छौँ । शुक्रबार पनि हामीले ३ वटा स्वास्थ्य इकाई भवनहरु उद्घाटन गरेका थियौँ । 

यसरी नै हामी १४ वटै वडाका स्वास्थ्य इकाई भवनको उद्घाटन गर्दैछौँ ।’ यसरी प्रति वडा एक स्वास्थ्य इकाई भवन बनाउने पालिकामा सुनसरीमा इटहरी पहिलो भएको उपमहानगरको दावी छ । 

यसले ग्रामीण क्षेत्रका जनतामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार भएको उपमेयर लक्ष्मी गौतमको बुझाई छ । कुल २० वडा रहेको उपमहानगरमा ६ वटा वडामा यस अघि नै स्वास्थ्य चौकि थिए । बाँकिमा स्थानीय तहमा आए लगत्तै निर्माण गर्ने भनिए पनि पर धकेलिएको थियो । 

प्रत्येक वडामा स्वास्थ्य इकाई भवन निर्माण गर्ने लक्ष्य राखेपछि उपमहानरले त्यसको सञ्चालनका लागि आवश्यक कानून पनि तर्जुमा गरेको छ । स्वास्थ्य मन्त्रलयले जारी गरेको निर्देशीका र उपमहानगर आफैँले जारी गरेको ‘वडा स्तरीय स्वास्थ्य इकाई’ सञ्चालन निर्देशीका बमोजिम छिटै जनशक्ति र अवाश्यक उपकरणका व्यवस्थापन गरिने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए । 

गाउँ गाउँमा स्वास्थ्य चौकी पुगेपछि समान्य उपचारका लागि पनि कयौँ किलोमिटर पार गरेर उपचारका लागि धाउनु पर्ने बाध्यता हट्ने उनको विश्वास छ । गाउँ गाउँमा स्वास्थ्य चौकी नहुँदा भित्रि गाउँका बासीन्दाहरु सामान्य रुघाखोकी लाग्दा पनि इटहरीको मुख्य चौकमा रहेका अस्पताल र क्लिनिक धाउनु पर्ने गरेको दृष्तान्त सुनाउँदै अब आफ्नै ठाउँबाट स्वास्थ्य चौकी स्तरको सेवा पाउने उनले जानकारी दिए । नेपाल सरकारले प्रदान गर्ने निशुल्क औषधीसहित भिडियो एक्सरे सेवा पनि दिइने उनले जानकारी दिए । 

यसैगरि पोर्टेबल भेन्टिलेरबाट स्वास्थ्य इकाईमा नै गर्भवति महिलाको स्वास्थ्य परिक्षण गर्ने र आमा तथा बच्चाको अवस्थाबारे थाहा पाउन सकिने उनले जानकारी दिए ।

‘नेपाल सरकारले स्वास्थ्य इकाई सञ्चालन निर्देशीका जारी गरेको छ त्यहि अनुसार एच।ए वा अहेव एक जान, स्टाफ नर्स वा अनमि एक जना र एक जना कार्यालय सहयोगि गरि तीन जान जनशक्तिको व्यवस्थापन गर्नेछौँ’, उनले भने, ‘महिला, बालबाली र वृद्धवृदासँगै सबैलाई यहाँ स्वास्थ्य इकाई बन्दा स्वास्थ्य सेवा लिँदा लाग्ने दुरी कम भएको छ । 

समयको, खर्चको पनि सहजिकरण हुन्छ ।’ यसरी आफ्नै घर आँगनमा स्वास्थ्य सेवा पाउँदा स्थानीय पनि हर्षित भएका छन् । सामान्य ज्वोरो वा रुघाखोकी लाग्दा पनि कयौँ दुरी पार गरेर अस्पताल जानुपर्ने समस्या कम भएको उनिहरु बताउँछन् ।

‘हामीलाई केहि भयो भने वडा नम्बर १२ को खनारमा जानुपथ्र्यो । सिटमोललै लिन पनि त्यहिँ जानुपर्ने अवस्था थियो’, वडा नम्बर ११ का स्थानीय खिलराज पौडेलले भने, ‘अहिले यहिँ अस्पताल बनेको छ । हामी यहिँबाट सेवा लिने हो । हामी एकदम खुसी छौँ ।’ 

अब गाउँ घरमा नै गर्भवती भएको समयमा परिक्षण गर्न पाइने भएपछि महिलाहरुमा पनि खुसी छाएको छ । यस अघि सामान्य स्वास्थ्य परिक्षण र गर्भवती महिला तथा शिशुको अवस्था थाहा पाउन मुख्य चौकमा जानु परेको तर अब त्यो बाध्यता हटको भन्दै महिलाहरु खुसी ब्यक्त गर्छन् ।