आन्दोलनरत १५ जना नासु पक्राउ

न्युजलय २४ साउन २०७९, मङ्गलबार ०८:१९ मा प्रकाशित

काठमाडौँ । आन्दोलनरत १५ जना नायब सुब्बा (नासु)लाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले असमान रूपमा सरकारी कर्मचारीको तलबमान बढाएको भन्दै मंगलबार(आज) बानेश्वरमा विरोध गरिरहेका १५ जना नासुहरूलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

आज देशभरका नासुहरू संयुक्त रूपमा बिदामा बसेर आन्दोलन गरेका हुन्। यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ।