एमसिसी कार्यान्वयनमा जान्छः अध्यक्ष ओली

न्युजलय १३ भदौ २०८०, बुधबार ०६:५९ मा प्रकाशित

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट अनुमोदन भइसकेकाले एमसिसी कार्यान्वयनमा जाने बताएका छन् । 

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो भएको भन्दै संसदबाट अनुमोदन भइसकेकाले एमसिसी कार्यान्वयनमा जाने बताएका हुन् । 

उनले तत्कालीन सरकारले सम्झौताको अन्त्य हुन्छ भनेर संसदमै बोलेर नेपाली जनता र संसदलाई धोका दिएको भन्दै भने,‘सरकारले त्यति बेला नेपाली जनतालाई झुट बोलेर धोका दिएको हो । नेपाली संसदसँग बेईमानी गरेको हो १२ बुँदे व्याख्यात्मक घोषणा त्यस सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीले र परराष्ट्र मन्त्रीले एमसिसीले तानिसकेको छ यो सम्झौताको अन्त्य हुन्छ भनेर संसदमै बोलेर नेपाली संसदलाई धोका दिनुभयो र पास गर्नुभयो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड आफैमा एउटा समस्या भएको भन्दै समस्या खडा गरेर स्वार्थको लागि समाजलाई बिथोल्न खोजेको आरोप लगाए ।