इटहरीमा विवेकशील साझाबाट मेयरमा तारा काफ्लेको उम्मेदवारी

न्युजलय १२ बैशाख २०७९, सोमबार ०२:५६ मा प्रकाशित

इटहरी । इटहरीमा विवेकशील साझाले उम्मेदवारको टुंगो लगाएको छ । 

 

विवेकशील साझाले अघिल्लो पटक नै इटहरीको मेयरमा उम्मेदवारी दिएकी तारा काफ्लेलाई यो पटक पनि उम्मेदवारको रुपमा अघि सारेको छ । यस्तै, उपमेयरमा विवेकशील साझा पार्टी सुनसरी जिल्लाको संयोजक र नेपाल ब्रिटिसको पूर्व अपाध्यक्ष राम कुमार गिरीलाई उम्मेदवार बनाएको छ । 


मेयरमा उम्मेदवारी दिएकी काफ्ले विवेकशील साझा पार्टीकी केन्द्रिय सदस्य हुन् । साथै उनी विराट नर्सिङ होममा प्राध्यापन समेत गराउछिन् । दुवैले यसपालिको चुनावमा इटहरीमा राम्रो भोट ल्याउने  विवेकशील साझा पार्टीका प्रदेश नं.१ इञ्चार्ज प्रकाश चन्द्र परियारले जानकारी दिए ।